+
+
Shares

उद्योग समितिको बैठक बस्दै, आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनबारे छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते ७:०७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक मंगलबार बिहान १० बजे बस्दै छ ।
  • बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनबारे सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।
  • उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई डाकिएको छ ।

९ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ ।

बैठक मंगलबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।

बैठकमा उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई डाकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?