+
+
Shares

प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:१६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा गएको बाढीका कारण प्रतिनिधिसभाको आजको बैठकमा रहेका कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने तयारी गरिएको छ।
  • बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पनि स्थगित गर्ने र अन्य कार्यसूची अगाडि नबढाउनेबारे छलफल भइरहेको छ।
  • संक्षिप्त बैठक राख्ने गरी छलफल चलिरहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए।

१० भदौ, काठमाडौं । प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्ने तयारी भएको छ ।

रसुवामा गएको बाढीका कारण आजको बैठकमा रहेका कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने गरी बैठक राख्न लागिएको हो । यसबारे छलफल भइरहेको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायतका कार्यक्रम छ । प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने र अन्य कार्यसूची पनि अगाडि नबढाउने गरी छलफल भइरहेको हो ।

संक्षिप्त बैठक राख्ने गरी छलफल चलरहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?