+
+
Shares

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सकियो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा आएको बाढीबारे छलफल गर्न प्रधानमन्त्री बालेन शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा सकिएको छ।
  • बैठकमा बाढीले पुर्‍याएको क्षतिको विवरणबारे ब्रिफिङ भएको र प्रधानमन्त्री शाहले आगामी कदमबारे सरोकारवालालाई निर्देशन दिएका छन्।
  • प्रधानमन्त्रीले बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा सबैलाई आआफ्नो ठाउँबाट खटिन अनुरोध गरेका छन्।

१० भदौ, काठमाडौं । रसुवामा गएको बाढीको विषयमा छलफल गर्न प्रधानमन्त्री बालेन शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सकिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीले अहिलेसम्म पुर्‍याएको क्षतिको विवरणबारे ब्रिफिङ भएको छ ।

बैठकमा प्रधानमन्त्री शाहले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिएका छन् ।

यो विपद्‍को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन प्रधानमन्त्रीले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?