News Summary
Generated by OK AI. Editorially reviewed.- शेरबहादुर देउवाले रसुवामा आएको भीषण बाढीपछि कांग्रेस पंक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरी उद्धारमा खटिन आग्रह गरेका छन् ।
- देउवाले रसुवादेखि नुवाकोट, धादिङ र चितवनसम्म त्रिशूली नदी किनार क्षेत्रमा असर पर्न सक्ने भन्दै सुरक्षित रहन अपिल गरेका छन् ।
- उनले राज्यका सुरक्षा निकायहरूलाई द्रुत उद्धारमा परिचालन गर्न पनि आग्रह गरेका छन् ।
१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेता–कार्यकर्ताहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा उद्दार कार्यमा खटिन अनुरोध गरेका छन् ।
बुधबार बिहान रसुवामा आकस्मिक रुपमा आएको भीषण बाढीपछि उनले सामाजिक सञ्जालमार्फत पार्टीपंक्तिलाई स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा उद्दार कार्यमा खटिन अनुरोध गरेका हुन् ।
‘विपत्तिमा नेपाली कांग्रेसलगायतका सम्पूर्ण पार्टीपंक्ति, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग समन्वय गरी आआफ्नो क्षेत्रमा उद्दारमा खटिनुहुन अनुरोध गर्दछु,’ पूर्वसभापति देउवाले भनेका छन् ।
उनले रसुवादेखि नुवाकोट, धादिङ, चितवन लगायतका त्रिशुली नदी किनार क्षेत्रमा असर पुग्न सक्ने भन्दै समयमै सुरक्षित रहन र राज्यका सम्पूर्ण सुरक्षा निकायहरूलाई द्रुत उद्धारमा परिचालन गर्न पनि आग्रह गरेका छन् ।
‘रसुवा हुँदै त्रिशुली नदीमा उर्लिएको भीषण बाढीका कारण नदी आसपासका बस्तीहरूमा उच्च जोखिम बढेको छ,’ देउवाले भनेका छन्, ‘त्यस क्षेत्रमा वशोबास गर्ने सबै दाजुभाई तथा दिदिबहिनीहरुमा उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहनुहुन अनुरोध गर्दछु ।’
प्रतिक्रिया 4