News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढी प्रभावित टिमुर र स्याप्रुबेँसी क्षेत्रबाट नेपाली सेनाले ७ जनाको उद्धार गरेको छ ।
- हेलिकप्टर बस्न नसक्ने अवस्था भएकाले बास्केटमार्फत उद्धार गरेर हेलिकप्टरमा राखिएको छ ।
- टिमुर, स्यापु्रवेशी, मेलुङ र त्रिशुलीमा नेपाली सेनाका ४ हेलिकप्टर परिचालित छन् ।
- त्रिशुलीमा नेपाली सैनिक अस्पताल छाउनीबाट २० जनाको मेडिकल टिम खटिएको छ ।
१० भदौ, काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रबाट ७ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार टिमुर क्षेत्रबाट ४ र स्याप्रुबेँसी क्षेत्रबाट ३ गरी ७ जनाको उद्धार गरिएको हो ।
हेलिकप्टर अहिले बस्न सक्ने अवस्था नभएकाले बास्केटमार्फत उद्धार गरेर हेलिकप्टरमा राखिएको छ ।
अहिले नेपाली सेनाका चार हेलिकप्टर टिमुर, स्यापु्रवेशी, मेलुङ र त्रिशुलीमा परिचालित छन् ।
त्रिशुलीमा नेपाली सैनिक अस्पताल छाउनीबाट २० जनाको मेडिकल टिम समेत खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4