+
+
Shares

हिमताल विस्फोट तथा जलवायु परिवर्तन संकटकाल घोषणा गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:०९

१० भदौ, काठमाडौं । गोरखाका पूर्वसांसद राजेन्द्र बजगाईंले सरकारलाई हिमताल विस्फोट तथा जलवायु परिवर्तन संकटकाल घोषणा गर्न सुझाव दिएका छन् ।

सरकारले अवस्था अझ गम्भीर भएर नियन्त्रण बाहिर पुगेपछि मात्र संकटकाल घोषणा गर्न पर्खन नहुने उनको आग्रह छ ।

‘जोखिमको पूर्वमूल्यांकन गरी भौगोलिक रूपमा जोडिएका जिल्ला तथा सम्बन्धित सम्पूर्ण नदी बेसिनलाई समेटेर पूर्वतयारीका रूपमा संकटकालीन अवस्था घोषणा गर्नुपर्छ’ उनले भनेका छन् ।

संकटकाल भनेको केवल मृत्यु र विनाश भएपछि उद्धार गर्ने अवस्था मात्र नभएर दैनिक अत्यावश्यक वस्तुको आपूर्ति, यातायात तथा पहुँच, खाद्यान्न, औषधि, इन्धन, सञ्चार र सुरक्षालगायतका सेवाहरू सहज रूपमा सञ्चालन गर्न राज्यका स्रोत र सुरक्षा संयन्त्रलाई उच्च जोखिम भएका क्षेत्रमा केन्द्रित गर्ने अवस्था भएको उनको आग्रह छ ।

नदी, भूगोल, सडक र बस्तीहरू एकअर्कासँग जोडिएका अवस्थामा विपद् व्यवस्थापनलाई एउटा जिल्लाको सीमाभित्र मात्र सीमित गर्न नमिल्ने उनको आग्रह छ ।

रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पु‍र्‍याएको छ ।

बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् । बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पु‍र्‍याएको विवरण आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?