+
+
Shares

रसुवा बाढीले ९ बैंकका शाखामा पूर्ण क्षति, कर्मचारी सम्पर्कमा आउँदै

तिब्बतबाट रसुवा भोटेकोसी नदीमा आएको बाढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा तिब्बतबाट आएको भोटेकोसी बाढीले ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन् ।
  • नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालाका अनुसार कर्मचारीमध्ये आधाभन्दा धेरैसँग अहिले सम्पर्क हुन सकेको छैन ।
  • बाढीले फोन र इन्टरनेटका टावरमा पनि क्षति पुर्‍याएकाले प्रभावित क्षेत्रमा पुग्न र विवरण संकलन गर्न कठिन भइरहेको छ ।

१० भदौ, काठमाडौं । रसुवा बाढीका कारण ९ वाणिज्य बैंकका शाखा पूर्णरूपमा क्षति भएका छन् ।

तिब्बतबाट रसुवा भोटेकोसी नदीमा आएको बाढीले आसपास बजारमा रहेका बैंकका शाखा क्षतिग्रस्त भएका हुन् ।

नेपाल बैंकर्स एसोसिएसन अध्यक्ष सन्तोष कोइरालाका अनुसार समान्य सोधपुछमा बैंकहरूका ९ वटा शाखामा पूर्ण क्षति पुगेको जानकारीमा आएको हो ।

‘हालसम्मको जानकारी अनुसार ९ बैंकका शाखा पूर्णरूपमा क्षतिग्रस्त छन् भने कर्मचारी पनि आधाभन्दा धेरै सम्पर्कमा छैनन्,’ कोइरालाले भने, ‘कर्मचारी सम्पर्कमा आउने क्रम जारी छ, क्षतिको विवरण पनि क्रमिक रूपमा संकलन भइरहेको छ ।’

कुन बैंकका शाखा तथा कति कर्मचारी भन्ने विवरण संकलन क्रममा रहेको उनले बताए । बाढीले क्षति पुर्‍याएको क्षेत्रमा जान सकिने अवस्था छैन । फोन तथा इन्टरनेटका टावरमा समेत बाढीले क्षति पुर्‍याएकाले सम्पर्क गर्न पनि असहज भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?