News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १७७ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
- प्रहरीका अनुसार शव रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनुहँ, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीमा फेला परेका हुन् ।
- खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्, र घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनुहँमा ९, पूर्वी नवलपरासीमा ३२ र पश्चिम नवलपरासीमा ६ जनाको शव फेला परेको हो ।
अहिले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी परिचालन भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4