News Summary
Generated by OK AI. Editorially reviewed.- यश स्टारर दक्षिण भारतीय फिल्म ‘टक्सिक’ बुधबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ र नेपालका मल्टिप्लेक्सले उच्च शोसहित प्रदर्शन थालेका छन्।
- १६ वर्षमुनिका दर्शकलाई नेपालमा ‘टक्सिक’ हेर्न नदिइने भएको छ।
- एक्सन, थ्रीलर र ग्याङस्टर जनराको यो १९५ मिनेटको फिल्ममा यश, नयनतारा, हुमा कुरेशी र कियारा आडवाणीले अभिनय गरेका छन्।
काठमाडौं । यश स्टारर प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘टक्सिक’ बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । नेपालका मल्टिप्लेक्सले उच्च शोसहित यो फिल्म प्रदर्शन थालेका छन् ।
यशको शीर्ष भूमिका रहेको यो फिल्मलाई नेपालमा १६ भन्दा मुनिका दर्शकले हेर्न पाउनेछैनन् । एक्सन, थ्रीलर र ग्याङस्टर जनरामा निर्माण भएको यो फिल्ममा यशसहित नयनतारा, हुमा कुरेशी र कियारा आडवाणीको पनि अभिनय छ ।
गीतु मोहनदास अभिनित फिल्मको रनटाइम १९५ मिनेट छ । भारतको पर्यटकीय थलो गोवाको परिवेशमा खिचिएको यो फिल्मले लागूऔषध कारोवारी समूहसँग मुख्य पात्रले गर्ने संघर्षको कथा चित्रण छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4