+
+
Shares

रसुवागढी भन्सारका १५ जना कर्मचारी सम्पर्कविहीन

अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार राति ८ बजेसम्म उनीहरुसँग सम्पर्क हुन नसकेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते २२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशुली बाढीका कारण रसुवागढी भन्सारका १५ जना कर्मचारी राति ८ बजेसम्म सम्पर्कविहीन रहेका छन् ।
  • भन्सार कार्यालयका दुई कर्मचारी घाइते भई काठमाडौँमा उपचाररत छन्, जसलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नर्भिक अस्पतालमा भेटेका छन् ।
  • रसुवागढी भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित ८ जना कर्मचारीलाई हवाई उद्धारमार्फत काठमाडौँ ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ ।

१० भदौ, काठमाडौं । त्रिशुली बाढीका कारण रसुवागढी भन्सारका १५ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार राति ८ बजेसम्म उनीहरुसँग सम्पर्क हुन नसकेको हो ।

साथै, भन्सार कार्यालयका दुई कर्मचारी घाइते भएको र उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ । नर्भिक अस्पतालमा उपचाररत नासु धर्मराज शाही र तिलक पराजुलीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेटेका छन् ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानासहित ८ जना कर्मचारीलाई हवाई उद्धारमार्फत काठमाडौं ल्याइएको पनि अर्थ मन्त्रालयले जनाएको छ । थप ८ जना भन्सारका कर्मचारीहरु अहिले रसुवागढीमै उद्धारको प्रतिक्षामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?