News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयका अनुसार रसुवागढी भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानासहित २५ कर्मचारी सम्पर्कमा आएका छन् ।
- भन्सार कार्यालयका ११ स्थायी र ३ करार तथा ज्यालादारी कर्मचारीको खोजी जारी रहेको मन्त्रालयले जनाएको छ ।
१० भदौ, काठमाडौं । रसुवागढी भन्सार कार्यालयमा कार्यरत कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन् ।
अर्थ मन्त्रालयका अनुसार भन्सार प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएका हुन् । रसुवागढी भन्सारमा कुल ३६ स्थायी दरबन्दी थियो । यस भन्सारमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकोमा १ जना सम्पर्कमा आएका छन् ।
बाँकी ११ स्थायी कर्मचारी र ३ जना करार तथा ज्यालादारी कर्मचारीको खोजी जारी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4