News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेको छ।
- एनसेलले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत बाढी प्रभावित क्षेत्रमा आफ्ना ग्राहकलाई ३ दिनका लागि भ्वाइस, डेटा र १०० एसएमएस निःशुल्क दिएको छ।
- एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले सरकार र सम्बन्धित निकायलाई सहयोग गर्न करोड सहयोग गर्ने निर्णय गरिएको बताइन्।
११ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको र प्रभावित आम सर्वसाधारणको तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाको आवश्यकता रहेको अवस्थामा एनसेलले सरकारको आह्वानमा यो सहयोग घोषणा गरेको हो ।
एनसेलले दुःखद् घटनामा ज्यान गुमाएका सम्पूर्णप्रति एनसेल श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, हराइरहेका तथा प्रभावितहरुको शीघ्र उद्धार र राहत व्यवस्थापनको कामना गरेको छ ।
एनसेलले विपद्को यस कठिन समयमा प्रभावित समुदायलाई सञ्चार सेवामार्फत पनि सहयोग गर्दै आएको छ। बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई बुधबारदेखि लागु हुने गरी भ्वाइस र डेटा सेवा तथा १०० वटा एसएमएस ३ दिनका लागि निःशुल्क उपलब्ध गराइएको छ।
यस पहलले प्रभावित नागरिकलाई आफ्ना परिवार, आफन्त तथा उद्धार र राहतमा संलग्न टोलीहरूसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, ‘विपद्को यस कठिन घडीमा प्रभावित जनताहरुको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो। उद्धार, राहत र पुनर्स्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले करोड सहयोग गर्ने निर्णय गरेका हौं।’
एनसेलले विगतदेखि नै विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनर् स्थापनाका प्रयासमा सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया 4