+
+
Shares

बैंकहरूले बाढी क्षेत्रमा वैकल्पिक व्यवस्था सहित सेवा निरन्तर राख्ने

बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम गर्ने प्रयास गरिरहेको संघले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बैंकर्स संघले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्ने र प्रभावित सेवाग्राहीलाई सहयोग गर्ने जनाएको छ।
  • संघका अनुसार बाढी प्रभावित जिल्लाका अधिकांश बैंक कर्मचारी सुरक्षित छन्, तर २६ कर्मचारीसँग अझै सम्पर्क हुन सकेको छैन।
  • बाढी र डुबानले केही बैंक शाखा प्रभावित भएको र विद्युत्, इन्टरनेट तथा सञ्चार अवरुद्ध हुँदा नियमित सेवा सञ्चालनमा चुनौती देखिएको संघले जनाएको छ।

११ भदौ, काठमाडौं । नेपाल बैंकर्स संघले भोटेकोशी बढीले क्षति पुर्‍याएको क्षेत्रमा बैंकिङ सेवा निरन्तर दिने जनाएको छ ।

संघले बाढी तथा प्राकृतिक विपद्का कारण भएको मानवीय, जनधन तथा भौतिक संरचनामा पुगेको क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रभावित सेवाग्रहीलाई सहयोग उपलब्ध गराउने जनाएको हो ।

संघले बाढीबाट ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संघका अनुसार बाढी प्रभावित जिल्लामा कार्यरत अधिकांश बैंक कर्मचारी सुरक्षित छन् । हालसम्म २६ कर्मचारीसँग भने सम्पर्क स्थापित हुन नसकेको संघले जनाएको छ ।

बाढी तथा डुबानका कारण प्रभावित जिल्लामा बैंकका केही शाखासमेत प्रभावित भएको संघले जनाएको छ । त्यसका साथै विद्युत्, इन्टरनेट तथा सञ्चार सेवामा आएको अवरोधका कारण प्रभावित जिल्लामा नियमित बैंकिङ्ग सेवा सञ्चालनमा समेत चुनौती देखिएको संघले जनाएको छ ।

तर, पनि बैंकहरूले उपलब्ध स्रोत, साधन र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता कायम गर्ने प्रयास गरिरहेको संघले जनाएको छ । संघले यस विपद्को समयमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अघि बढेको जनाएको छ ।

नेपालको बैंकिङ क्षेत्र यस कठिन परिस्थितिमा नेपाल सरकारको राहत, उद्धार तथा पुनर्स्थापना प्रयासमा साथ दिन पूर्णरूपमा प्रतिबद्ध रहेको संघले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

प्रभावित कर्मचारी, उनीहरूका परिवार तथा आम नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन बैंकिङ क्षेत्रले आफ्ना तर्फबाट सक्दो योगदान गर्ने पनि संघले जनाएको छ ।

सरकारसँगको सहकार्यमा राहत, उद्धार, सेवा निरन्तरता तथा पुनर्स्थापनाका लागि आफ्ना सदस्य बैंकहरूसँग समन्वय गरी आवश्यक सहयोग तथा सहिजीकरणका लागि तयार रहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?