+
+
Shares

गैरआवासीय नेपाली संघले बाढीपीडितलाई ५ करोड सहयोग गर्ने

संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १५:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गैआवासीय नेपाली संघले बाढी प्रभावित परिवारको उद्धार, राहत र सहयोगका लागि तत्काल ५ करोड रुपैयाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ।
  • संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गरेको छ।
  • बैठकले कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरी मेडिकल तथा स्वयमसेवक टोली परिचालन गर्ने निर्णय गरेको छ।

११ भदौ, काठमाडौं । गैआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी प्रभावित परिवारको उद्धार, राहत र अन्य सहयोग समेत गरी तत्काल ५ करोड रुपैयाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ ।

संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको छ ।

आर्थिक सहयोग संकलन गर्न कोषाध्यक्ष कृष्ण तिमल्सिनाको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको छ । बैठकले प्रभावित क्षेत्रमा अत्यावश्यक मेडिकल तथा स्वयमसेवक टोली परिचालन गर्ने र एनआरएनएका पदाधिकारी र सदस्यलाई उद्धार र राहतमा स्वयमसेवकका रूपमा सहभागी हुन अपिल गर्ने निर्णय समेत गरेको छ ।

एनआरएनएका सदस्य तथा पदाधिकारीका परिवारका सदस्य बाढीबाट प्रभावित भए/नभएको जानकारी संकलन गरी आवश्यक उद्धार र राहतका लागि सम्बन्धित सरकारी संयन्त्रसँग समन्वय गर्ने समेत निर्णय संघले गरेको महासचिव डा. चीरञ्जीवी खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?