+
+
Shares

रसुवा बाढी : लुम्बिनीका ९७ जना सम्पर्कविहीन(सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते २०:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशीको बाढीपछि रसुवामा सम्पर्कबाहिर रहेका लुम्बिनी प्रदेशका ९७ जना अझै फेला परेका छैनन्, सुरुका १०१ जनामध्ये चार जना परिवारको सम्पर्कमा आएका छन्।

११ भदौ, बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन छन् । भोटेकोशीमा बाढी आएपछि सुरुमा सम्पर्कबाहिर रहेका १०१ जनामध्ये चार जना भने परिवारको सम्पर्कमा आएका छन् ।

लुम्बिनी प्रदेश सरकारका अनुसार रसुवा विपद्‍मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ । प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिको अवस्था पहिचान तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिरहेको जनाएको छ ।

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

उनले सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेको बताए ।

प्रदेशको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन शाखाका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना रहेका छन् । त्यसपछि दाङका १५, रोल्पाका १४, अर्घाखाँचीका ९, बर्दियाका ८, गुल्मीका ६, नवलपरासी पश्चिमका ६, पाल्पाका ५, प्युठानका ५ र कपिलवस्तुका ४ जना रहेका छन् ।

सम्पर्कविहीन भएकाहरू विभिन्न जलविद्युत् आयोजना, निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए । केही सरकारी सेवामा कार्यरत तथा घुम्नका लागि रसुवा पुगेका व्यक्तिहरू पनि सम्पर्कबाहिर रहेको विवरणमा उल्लेख छ ।

मन्त्रालयको विपद् व्यवस्थापन शाखाले सम्पर्कमा आएका व्यक्तिको विवरण अद्यावधिक गर्दै जाने जनाएको छ । थप विवरण प्राप्त हुने क्रम जारी रहेकाले सम्पर्कमा आउने व्यक्तिको संख्या बढ्न सक्ने जनाइएको छ ।

प्रदेश सरकारले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्न प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गर्ने कामसमेत भइरहेको सरकारका प्रवक्ता सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले बताए।

सम्पर्कविहीन हरूको पूरा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?