News Summary
Generated by OK AI. Editorially reviewed.- नागरिक अलर्टले बाढी प्रभावित क्षेत्रमा उद्धार पर्खिरहेका मानिस र जनावर पत्ता लगाउन दुईवटा थर्मल ड्रोन शुक्रबार पठाउने भएको छ।
- सीईओ युजेश मलेकूले राहत सामग्री वितरणका लागि पनि ड्रोन पठाइने र १ सय किलोग्रामसम्म बोक्नसक्ने दुई, ५० किलोग्राम बोक्नसक्ने एक र १५ किलोग्राम बोक्नसक्ने दुई ड्रोन हुने बताए।
- शुक्रबार हेलिकोप्टरमार्फत दुई ड्रोन पाइलट र राहत सामग्री पनि पठाइने उनले बताए।
११ भदौ, काठमाडौं । नागरिक अलर्टले उद्धार पर्खिरहेका मानिसहरू पत्ता लगाउन तथा राहत पत्ता लगाउन बाढी प्रभावित क्षेत्रमा ड्रोन पठाउने भएको छ ।
विपद्ग्रस्त क्षेत्रमा उद्दार पर्खिरहेका व्यक्तिहरुलाई जीवित रहे नरहेको पत्ता लगाउनसक्ने दुईवटा थर्मल ड्रोनहरू शुक्रबार पठाउन लागेको नागरिक अलर्टले जानकारी दिएको छ । मानिसको शरीरमा रहेको तापक्रमका आधारमा ड्रोनले जीवित व्यक्ति तथा जनावरहरू लोकेट गर्न सक्छ ।
त्यस्तै, राहत सामग्री वितरण गर्नका लागि समेत ड्रोन पठाउन लागिएको नागरिक अलर्टका सीईओ युजेश मलेकूले जानकारी दिए ।
१ सय किलोग्रामसम्म सामान राहत सामग्री बोक्नसक्ने दुईवटा, ५० किलोग्राम बोक्नसक्ने एउटा तथा १५ किलोग्रामसम्म बोक्नसक्ने दुईवटा ड्रोनहरु पठाउन लागिएको उनले जानकारी दिए ।
शुक्रबार हेकोप्टरमार्फत दुईजना ड्रोन पाइलट तथा राहत सामग्री पनि पठाउन लागिएको उनले बताए ।
प्रतिक्रिया 4