News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री सुधन गुरूङसँग भेटेर बाढी प्रभावितको उद्धार तीव्र पार्न आग्रह गरे।
- आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिक अभरमा परेको भन्दै सरकार पूरै उद्धारमा केन्द्रित हुनुपर्ने सुझाव दिए।
- उनका अनुसार रसुवाको स्याप्रुवेशी, टिमुरे, धुञ्चे र नुवाकोटको कोलोनी तथा विदुर नगरपालिका १, ४ र १० मा फसेकाको हवाई उद्धार आवश्यक छ।
१२ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्री सुधन गुरूङसँग भेट गरेका छन् । नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा गृहमन्त्री गुरूङसँग आङ्देम्बेले भेटेका हुन् ।
भेटका क्रममा आङ्देम्बेले बाढी प्रभावित नागरिकको उद्धार कार्य तीव्र पार्न सुझाव दिएका छन् ।
आङ्देम्बेले रसुवा, नुवाकोट र धादिङको थुप्रै बाढी प्रभावित नागरिक अभरमा परेको खबर प्राप्त भएको भन्दै पूर्ण क्षमतासहित उद्धारमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
विभिन्न ठाउँदेखि उद्धारका लागि याचना भइरहेको छ भन्दै उनले गृहमन्त्री गुरूङलाई सरकार पूरै उद्धारमै केन्द्रित होस् भनेर सुझाएका हुन् ।
नेता आङ्दम्बेले प्रधानमन्त्री बालेन शाहलाई पनि आवश्यक उद्धार कार्यलाई प्राथमिकता दिन आग्रह गर्ने बताए ।
उनका अनुसार रसुवाको स्याप्रुवेशी, टिमुरे, धुञ्चे, नुवाकोटको कोलोनी, विदुर नगरपालिकाको १, ४ र १० लगायत क्षेत्रमा नागरिक फसेका छन् । उनीहरूको हवाई उद्धार आवश्यक छ ।
प्रतिक्रिया 4