+
+
Shares

बाढीपीडितका लागि नासा नेपालको १ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नासा नेपालले भोटेकोशी र त्रिशूली बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
  • संस्थाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
  • नासा नेपालले बेपत्ता व्यक्तिको खोजी र उद्धारमा सहयोग गर्न तथा निजी क्षेत्र र अटोमोबाइल समुदायलाई पुनःस्थापनामा साथ दिन अपिल गरेको छ।

१२ भदौ, काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

नासा नेपालले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिको खोजी तथा उद्धार अभियानमा सबैलाई आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरेको छ ।

संस्थाले जारी गरेको वक्तव्यमा राष्ट्रिय संकटको यस घडीमा नेपाल सरकारसँग ऐक्यबद्ध रहेको उल्लेख गर्दै उद्धार, उपचार र पुनःस्थापनाका प्रयासमा निजी क्षेत्र र सम्पूर्ण खेलकर्मी तथा अटोमोबाइल समुदायलाई पनि सहयोगका लागि अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?