१२ भदौ, नुवाकोट । नुवाकोटमा रहेको श्री नं. १ सैन्य तालिम केन्द्रबाहिर भित्तामा उद्धार गरेर ल्याइएका बाढीपीडितको नाम सूची टाँसिएको छ ।
त्यो सूची हरेक समय दर्जनौं व्यक्ति झुम्मिरहेका देखिन्छन् । उनीहरू त्यहाँ आफ्ना बेपत्ता आफन्त भेटिने आशाका साथ आँखा दौडारहेका देखिन्छन् ।
त्यसरी पुग्नेको बाक्लो लाम हुन्छ । कतिपय अवस्थामा त्यो सूची हेर्नेहरूबीच तँछाडमछाड समेत भएको देखिन्छ ।

त्यसरी हेर्न आउनेहरू अक्सर निराश मुद्रामा फर्किन्छन् ।
त्यहीँ नजिकै सेनाले हेल्प डेक्स राखेको छ । त्यो सूचीमा नाम नभेटिए बेपत्ता व्यक्तिको नाम हेल्प डेक्समा टिपाउन भनिएको छ ।

हेल्प डेस्कमा पनि बाक्लै भीड लागिरहेको देखिन्छ । त्यहाँ देखिने भीडले नै बेपत्ता मानिसहरूको संख्याको आकार अनुमान लाउन सकिन्छ ।























यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4