News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि पार्टीका विभिन्न तहलाई आर्थिक सहयोग गर्न परिपत्र गरेको छ।
- कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले नेपाल बैंक लिमिटेडको कुपण्डोल शाखामा ‘नेपाली कांग्रेस विपद् वयवस्थापन कोष’ नाममा खाता खोलिएको उल्लेख गरे।
- परिपत्रमा ‘पार्टी संगठनका साथीहरूबाहेक अन्य सबैसँग सहयोग माग्न वा यो खाता नम्बर दिन पाइने छैन’ भनिएको छ।
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि पार्टीका विभिन्न तहलाई आर्थिक सहयोग गर्न परिपत्र गरेको छ ।
कांग्रेसले केन्द्रदेखि पालिका कार्यसमितिसम्मका पार्टीका विभिन्न तहहरूलाई रसुवामा गएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले पार्टी निर्णयअनुसार आर्थिक सहयोगका लागि गरेको परिपत्रमा नेपाल बैंक लिमिटेडको कुपण्डोल शाखामा ‘नेपाली कांग्रेस विपद् वयवस्थापन कोष’ नाममा खोलिएको खाता नम्बर उल्लेख गरिएको छ ।
परिपत्रमा भनिएको छ, ‘पार्टी संगठनका साथीहरूबाहेक अन्य सबैसँग सहयोग माग्न वा यो खाता नम्बर दिन पाइने छैन ।’
कांग्रेसले बाढी आएको दिन १० भदौमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकबाट पार्टीका तर्फबाट एकमुष्ट रूपमा राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4