१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।
कांग्रेसले आज (बुधबार) दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको हो ।
बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनले काठमाडौंमा उपलब्ध पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू तथा रसुवा, धादिङ र नुवाकोटका जिल्ला सभापतिहरूलाई पनि बैठकमा आमन्त्रण गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4