+
+
Shares

कांग्रेस संस्थापन इतर पक्षले भन्यो- बाढीमा बेपत्ता नागरिकको शीघ्र खोजी गरियोस्

पार्टी पङ्तिलाई उद्धारमा सक्रिय हुन आग्रह

उक्त समूहले चीनको तिब्बतर्फबाट आएको आकस्मिक बाढीका कारण नेपालका रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा अकल्पनीय जनधनको क्षति भएको भन्दै दु:ख व्यक्त गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १६:१८

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएका नागरिकको शीघ्र खोजी गर्न र घाइतेहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउनका सरकारको ध्यानाकर्षण गराएको छ ।

चुनदेवीमा बुधबार बसेको १४ औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले बेपत्ता भएका नागरिकको शीघ्रातिशीघ्र खोजी कार्य गर्न र घाइतेहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउनका सरकारको ध्यानाकर्षण गराएको हो ।

‘बेपत्ता नागरिकहरूको शीघ्रातिशीघ्र खोज कार्य गर्न, घाइतेहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउनका साथै विपद् प्रभावित क्षेत्रका मानिसहरूको अस्थायी बसोबासको बन्दोबस्त गर्न सरकारका सबै साधन श्रोत र संयन्त्रको उच्चतम् उपयोग गरी विपद्मा नागरिकको जीवन रक्षा गर्न नेपाली कांग्रेस नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएका छ ।

इतर समूहका संयोजक प्राडा. शशांक कोइरालाद्वारा जारी विज्ञप्तिमा विपद्को घडीमा विशेष सावधानी अपनाउँदै संयमता र धैर्यताका साथ आपसी साथ– सहयोगमा जुटन स्थानीय बासिन्दालाई अनुरोध पनि गरिएको छ ।

इतर समूहले विपद् प्रभावित नागरिकहरूको खोज–उद्धारमा स्वंयसेवक कार्यका लागि क्रियाशील रहन पार्टीका सबै तहका पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्था र सामाजिक अभियन्ताहरूलाई अपिल पनि गरेको छ ।

उक्त समूहले चीनको तिब्बतर्फबाट आएको आकस्मिक बाढीका कारण नेपालका रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लामा अकल्पनीय जनधनको क्षति भएको भन्दै दु:ख व्यक्त गरेको छ ।

‘रसुवाबाट प्रवेश गरेको बाढी तटीय क्षेत्रतर्फ तीव्र गतिमा अघि बढिरहकोले यस क्षेत्रमा पर्ने नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत आसपासका जिल्लाका बासिन्दाहरूलाई उच्च सर्तकता अपनाउनु हुन नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?