+
+
Shares

दीपक खड्कामाथि कुसुमको आरोप– ‘अदालतका श्रीमान् भेटिसकेँ, आदेश मिलाइसकेँ’ भन्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस केन्द्रीय सदस्य कुसुम थापामगरले नेता दीपक खड्काले अदालतलाई मिलाइसकेको भनेर अभिव्यक्ति दिएको दाबी गरेकी छन् ।
  • अदालतमा विचाराधिन कांग्रेस विवादमा खड्काले आफूहरूको पक्षमा आदेश आउने भनेको थापामगरको आरोप छ ।
  • थापामगरले अदालतका कर्मचारीदेखि श्रीमानसम्म मिलाएको छु भन्दै नहिँड्न खड्कालाई आग्रह गरेकी छन् ।

९ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापामगरले कांग्रेस नेता दीपक खड्काले अदालतलाई मिलाइसकेको भनि अभिव्यक्ति दिएको दाबी गरेकी छन् ।

कांग्रेस भित्रको विवाद अदालतमा विचाराधिन अवस्थामा छ । विशेष महाधिवेशनको पक्षमा अदालतले आदेश दिएपछि त्यसविरुद्ध संस्थापन इतर समूह अदालत गएको थियो । अदालतले उक्त मुद्धामा पुनरावलोकन गर्ने भएको छ । अदालतमा विचाराधिन रहेको प्रसंगमा कांग्रेस नेताले खड्काले आफूहरूको पक्षमा आदेश आउने अभिव्यक्ति दिएको केन्द्रीय सदस्य थापामगरको दाबी छ ।

खड्काले कतै बोलेको भन्दै थापामगरले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘केही समययता तपाईंले ‘पहिला म जेलमा भएको बेला परेकाले उनीहरूले आधिकारिकता पाएका हुन्, नत्र म मेरो मुद्धाजस्तै सेटिङ गर्थेँ । अब यो पालि त्यस्तो हुन नदिन मिलाइसकें, फलानी–फलानो श्रीमानलाई राति भेटेको छु, उनीहरूका मान्छे भेटिसकेँ, स्टे पनि आउँछ, आधिकारिकता पनि आउँछ’ भन्नुभएको रहेछ कहीँ कतै ।’

अदालतका ‘कर्मचारीदेखि श्रीमानसम्म’ मिलाएको छु भन्दै नहिँड्न खड्कालाई थापामगरको आग्रह छ ।

उनी भन्छिन्, ‘तपाईंको कारणले सोझा मान्छेकै न्यायालयप्रतिको विश्वसनीयता घट्छ । न्यायालयको गरिमा जोगाउने जिम्मा तपाईं–हामी सबैको हो । राजनीतिक लडाइँ राजनीतिक तरिकाले लड्नुपर्छ र कानुनी लडाइँ कानुनी तरिकाले । तपाईंहरूले राजनीतिक कुरालाई बारम्बार कानुनी बनाउनुभएको छ, त्यो पनि केही छैन, हामी त्यो पनि सामना गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?