News Summary
Generated by OK AI. Editorially reviewed.- कैलाश मानसरोवर यात्राबाट फर्किएका आध्यात्मिक गुरु सद्गुरुलाई आज सिम्रिक एयरको हेलिकप्टरमार्फत तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको छ।
- रसुवा बाढीका बेला सद्गुरुको इशा फाउन्डेशनको टोलीमा रहेका ८० तीर्थयात्री नेपाल-चीन सिमानाबाट सम्पर्कविहीन भएका थिए।
- सम्पर्कविहीन समूहमा २० मुलुकका नागरिक थिए, जसमा ३४ पुरुष र ४६ महिला रहेका थिए।
१३ भदौ, काठमाडौं । कैलाश मानसरोवर यात्राबाट फर्किएका आध्यात्मिक गुरु जगदिश वासुदेव (सद्गुरु) लाई तातोपानी नाका हुँदै काठमाडौं ल्याइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, आज सिम्रिक एयरको हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइएको हो ।
बाढीका बेला मानसरोवर क्षेत्रमा रहेका सद्गुरु प्रभावित क्षेत्रमा पुगेका थिए । उनको इशा फाउन्डेशनले सञ्चालन गर्ने कैलाश मानसरोवर यात्राको एक टोली रसुवा बाढीमा सम्पर्कविहीन भएका थिए । सो टोलीमा रहेका ८० जना तीर्थयात्री मानसरोवरबाट फर्कने क्रममा नेपाल-चीन सिमानाबाट सम्पर्कविहीन भएका थिए ।
१० भदौको बाढीपछि सार्वजनिक एक भिडियोमा सद्गुरुले सम्पर्कविहीन आफ्नो टोलीको संख्या र सदस्यबारे जानकारी गराएका थिए ।
उनका अनुसार सो समूहमा अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपालसहित २० मुलुकका नागरिक थिए ।
समूहमा ३४ पुरुष र ४६ महिला थिए । सद्गुरु हरेक वर्ष नेपालको बाटो हुँदै कैलाश मानसरोवर यात्रा गर्दै आएका थिए ।
प्रतिक्रिया 4