१३ भदौ, काठमाडौं । धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार (ह्याम्लेट रेष्टुरेन्ट) जोडिने सडक सञ्चालनमा आएको छ ।
योसँगै धादिङ सदरमुकाम धादिङवेँसी पुन: सडक सञ्जालमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ ।
यसअघि १० भदौको बाढीले धादिङ सदरमुकामलाई काठमाडौंसँग जोड्ने त्रिशूली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सडक सम्पक विच्छेद भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4