+
+
Shares

जावलाखेल ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई ३ करोड हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १८:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना र पुनःउद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
  • ग्रुपले सरकारले बाढी प्रभावित क्षेत्रमा चलाइरहेको राहत, पुनर्स्थापना र उद्धार अभियानमा सहयोग पुर्‍याउन रकम दिएको जनाएको छ।
  • ग्रुपले बाढीमा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना र प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ।

१२ भदौ, काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी)ले हालै देशका विभिन्न स्थानमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनःउद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।

सरकारले बाढी प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेको राहत, पुनर्स्थापना तथा उद्धार अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको ग्रुपले जनाएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको निरन्तर प्रतिबद्धता रहेको जावलाखेल ग्रुपले जनाएको छ। ग्रुपले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित व्यक्ति तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?