+
+
Shares

चिलिमेको सुरुङबाट नेपाली सेना र भारतीय टोलीले दुई शव निकाले

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना कर्मचारी फसेको अनुमान रहेको प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनले जानकारी दिए।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १९:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतबाट आएको सुरुङ विज्ञ टोली र नेपाली सेनाले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेका छन्।

१४ भदौ, काठमाडौं । भारतबाट आएको सुरुङ विज्ञको टोली र नेपाली सेनाले चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट दुईवटा शव निकालेका छन्।

आइतबार भारतीय टोली आएपछि नेपाली सेनासँग संयुक्त रूपमा उद्धारको काम सुरु गरेका थिए । सो क्रममा सुरुङको १०० मिटर भित्रबाट दुईवटा शव निकालिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

‘२५० मिटर लामो सुरुङमा संयुक्त टोली १०० मिटर भित्रसम्म पुग्यो, त्यहाँसम्म जीवित व्यक्तिहरू फेला पार्न सकेनौं’ उनले भने ।

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ६ जना कर्मचारी फसेको अनुमान रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाबुराजा महर्जनले जानकारी दिए।

भारतीय टोली आएपछि बल्ल आयोजनाको सुरुङमा आइतबार उद्धार अभियान थालिएको थियो । भारतीय टोलीले हेलिकप्टरमार्फत शनिबार नै चिलिमे र लाङटाङ क्षेत्रको हवाई अनुगमन (रेकी) गरेको थियो ।

भारतीय विशेषज्ञ टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ८२ सदस्यीय संयुक्त सुरक्षा टोलीसँग समन्वय गरेर अत्याधुनिक उपकरणको सहयोगमा सुरुङ खुलाउने र फसेकाहरूको उद्धार गर्ने कार्य आज बिहान सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?