News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशीको विनाशकारी बाढीपछि रसुवाको सदरमुकाम धुन्चेमा विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सेवामा समस्या देखिएको छ।
- विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल टावर चलाउन डिजेलबाट जेनेरेटर सञ्चालन गरिएको छ।
- विद्युत् अभावका कारण स्थानीयवासीलाई मोबाइल चार्ज गर्न र उद्धार तथा राहत टोलीलाई सूचना आदानप्रदानमा कठिनाइ भइरहेको छ।
१५ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवाको सदरमुकाम धुन्चेमा विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सेवामा समेत समस्या देखिएको छ।
विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल टावर सञ्चालनमा राख्न डिजेलबाट जेनेरेटर चलाइएको छ।
फोन सम्पर्क सहज बनाउन दूरसञ्चार कम्पनीहरूले वैकल्पिक विद्युत् व्यवस्थामार्फत सेवा सञ्चालन गरिरहेका छन्।

तर विद्युत् अभावका कारण स्थानीयवासीलाई मोबाइल चार्ज गर्न तथा सञ्चार सम्पर्क कायम राख्न कठिनाइ भइरहेको छ।
उद्धार तथा राहतमा खटिएका टोलीलाई समेत सूचना आदानप्रदान र समन्वयमा समस्या भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4