News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशूलीको बाढीले बेस कटान गरेपछि धादिङको गजुरी गाउँपालिका-३ परेवाटारमा पृथ्वी राजमार्ग भासिएर दुईतर्फी अवरुद्ध भएको छ।
- आइतबारदेखि निरन्तर कटान हुँदा सडक भासिएको धादिङ प्रहरीले जनाएको छ।
- यसअघि सोही राजमार्गको कृष्णभिरमा पनि बाढीका कारण सडक भासिएर पूर्ण अवरुद्ध भएको थियो।
१५ भदौ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-३ स्थित परेवाटारमा पनि सडक भासिएको छ ।
त्रिशूलीको बाढीले सडकको बेस निरन्तर कटान गरेपछि सडक भासिएको धादिङ प्रहरीले जनाएको छ ।
आइतबारदेखि त्रिशूलीको बाढीले उक्त खण्डको खण्डको बेस निरन्तर कटान गर्दा सडक भासिएर दुईतर्फी सडक अवरुद्ध बनेको प्रहरीको भनाइ छ ।
यसअघि त्रिशूलीको बाढीका कारण सोही राजमार्गको कृष्णभिरमा सडक भासिँदा सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।
उक्त खण्डमा बाढीले सडक क्षति गरेपछि संघीय राजधानी काठमाडौं आउजाउका लागि विकल्पको रूपमा चितवनको नारायणगढबाट हेटौंडा-काठमाडौंका तीन रुट प्रयोग भएर गाडीहरू सञ्चालन भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4