+
+
Shares

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कोही पनि मानिस नभेटिएपछि नेपाली सेनाको टोली फर्किएको छ।
  • सुरुङको अन्तिम भागमा मानिस फसेको आशंकामा सेना, इन्जिनियर र ड्रोन टोलीले भित्रसम्म खोजी गरेको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जनाएको छ।

१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङबाट नेपाली सेनाको टोली फर्किएको छ ।

सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री बालेन शाहको सचिवालयले जानकारी गराएको छ  ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।

उक्त सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोनसमेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?