News Summary
Generated by OK AI. Editorially reviewed.- शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भोटेकोशी नदीको बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६५ लाख रुपैयाँ सहयोग गरेको छ।
- बैंकले ५५ लाख रुपैयाँ आफ्नो तर्फबाट र १० लाख रुपैयाँ कर्मचारीको तर्फबाट सहयोग गरेको जनाएको छ।
- बैंकले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लामा राहत र पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले रकम दिएको जनाएको छ।
१५ भदौ,बुटवल । भोटेकोशी नदीमा आएको विनासकारी बाढीवाट प्रभावित नागरिकहरुको राहत तथा पुनर्स्थापनाका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकको तर्फबाट ५५ लाख र कर्मचारीहरुको तर्फबाट १० लाख गरी कूल ६५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
प्राकृतिक विपतका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहु, चितवन लगायतका जिल्लाहरुमा मानवीय तथा भौतिक क्षति र नागरिकहरुको दैनिक जीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो कोषमा रकम सहयोग गरेको बैंकले जनाएको छ ।
‘विपद्को कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा रहँदै खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सरकार र सम्बन्धित निकायहरुलाई सहयोग पुर्याउने मानवीय कार्यमा बैंकले ऐक्यवद्धता जनाएको हो’- बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैंकले बाढीमा परी दिवंगत भएका नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, बाढीमा परी हालसम्म पनी सम्पर्कमा नआएका नागरीकहरुको सकुशल उद्धार एवम घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ।
प्रतिक्रिया 4