+
+
Shares

उद्धार कोषमा रकम पठाउँदा हुन सक्ने ठगीबाट कसरी जोगिने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा आधिकारिक क्यूआर वा खाता नम्बर मात्र प्रयोग गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।
  • नक्कली क्यूआर कोड र बैंक खाता प्रयोग गरेर ठगी भइरहेकाले मोबाइल बैंकिङ, वालेट र कनेक्ट आईपीएसमा खाताको नाम यकिन गर्न बैंकले भनेको छ।
  • सामाजिक सञ्जाल, इमेल र म्यासेजिङ एपमा आएका अनधिकृत क्यूआर स्क्यान नगर्न, ओटीपी र पिन नदिन तथा ठगी लागेमा तत्काल जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दा सचेत हुन केन्द्रीय बैंकले अनुरोध गरेको छ । नक्कली बैंक खाता वा क्यूआर प्रयोग गरी हुन सक्ने ठगीबाट बच्न सावधानीपूर्वक अधिकारीक स्रोतबाट आएको क्यूआर वा खाता नम्बर मात्र प्रयोग गर्न केन्द्रीय बैंकले सुझाएको छ ।

पछिल्लो समयमा कोषको नाममा नक्कली क्यूआर कोड तथा नक्कली बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन तथा ठगी भइरहेका घटना आएकाले सचेतपुर्वक कारोबार गर्न राष्ट्र बैंकले सुझाएको छ ।

त्यसका लागि मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा कुनै पनि माध्यमबाट रकम ट्रान्सफर गर्दा खाताको नाम यकिन गर्न बैंकले भनेको छ ।

आफूले योगदान गर्न चाहेको रकम प्रविष्टि गर्दा ध्यान दिन र सोको पुनः यकिन गर्न केन्द्रीय बैंकले सुझाएको छ । त्यसका साथै राष्ट्र बैंकको वेबसाइट वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेखित आधिकारिक बैंक खाता विवरण मात्र प्रयोग गर्दा पनि ठगीबाट बच्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

सामाजिक सञ्जाल, इमेल तथा म्यासेजिङ एपमा फैलिएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न केन्द्रीय बैंकले सुझाएको छ । ओटीपी, पिन वा पासवर्ड कसैलाई नदिन राष्ट्र बैंकले आग्रह गरेको छ ।

कोषमा पैसा ट्रान्सफर गर्दा ठगीमा परेको लागेमा तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था/भुक्तानी सेवा प्रदायक संस्था, नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइमा जानकारी गराउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?