+
+
Shares

विश्व खाद्य कार्यक्रमबाट प्राप्त २९ टन खाद्य सामग्री बाढी प्रभावित क्षेत्र पठाइयो

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ ।

रासस रासस
२०८३ भदौ १५ गते १७:२०

१५ भदौ, काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ ।

सो खाद्यान्न सवारीसाधनमार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो ।

कृषिमन्त्री चौधरीले सरकारले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको बताएकी छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?