१५ भदौ, जनकपुरधाम । जनमत पार्टीका पूर्वकोषाध्यक्ष सुरेन्द्र नारायण यादवले सफाइ पाएका छन्। अध्यक्ष सीके राउतको निर्देशनमा तत्कालीन पार्टी प्रवक्ता डा. सरद सिंह यादवको जाहेरीमा दर्ता भएको मुद्दामा ललितपुर जिल्ला अदालतले आज तत्कालीन कोषाध्यक्ष यादवलाई सफाइ दिएको हो।
न्यायाधीश हरिसिंह धामीको इजलासले अभियोग दाबी बमोजिम कसुर पुष्टि नभएको ठहर गर्दै यादवलाई सफाइ दिने फैसला सुनाएको हो।
यादवमाथि ललितपुरको इमाडोलस्थित पार्टीको कार्यालय तथा सम्पत्ति हस्तान्तरण नगरेको र आर्थिक अनियमितता गरेको आरोप लगाउँदै राउत र पार्टी पक्षले ठगी तथा विश्वासघातको आरोपमा जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा मुद्दा अदालतसम्म पुगेको थियो।
पेस गरेको प्रमाण, कागजात र तथ्यहरूको विश्लेषण गर्दै आरोपी यादवविरुद्ध ठगीको अभियोग दाबी नपुग्ने निष्कर्ष निकालेको हो।
७ वैशाख २०८२ मा ठगीको कसुरमा सप्तरीबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो। यादव र उनी र उनकी श्रीमती ललिताकुमारी यादवविरुद्ध १ करोड ८५ लाख १ हजार रुपैयाँ बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर भएको थियो।
प्रतिक्रिया 4