१६ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा एक्कासि आएको भीषणबाट ज्यान गुएमाकाहरु मध्ये ४६ शवको व्यवस्थापन मध्यराति गोकर्णको जंगलमा गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दीलिप घिमिरेका अनुसार सोमबार साँझपखबाट पानी परेकाले मंगलबार राति २ बजेतिर शव व्यवस्थापनको काम गरिएको हो । जमीनमुनि शव व्यवस्थापन गर्ने निर्णय भएपछि मंगलबार राति २ बजे ४६ वटा शवको व्यवस्थापन गरिएको एसएसपी घिमिरेको भनाइ छ ।
बाँकी शवको व्यवस्थापनबारे पनि छलफल भइरहेको उनले बताए । अब फेरि छलफलपछि निर्णय गरेर शव व्यवस्थापनको काम हुने बताइएको छ । शव व्यवस्थापनबारे अहिले छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4