News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा सांसद भुवनबहादुर सुनारले बाढी प्रभावितलाई राहत वितरणमा सरकारको एकद्वार प्रणाली प्रभावकारी नभएको बताएका छन् ।
- उनले संघीय सरकार र प्रदेश तथा स्थानीय जनप्रतिनिधिबीच समन्वयको अभाव देखिएको भन्दै स्थानीय तहसँग सहकार्य गरेर राहत पुर्याउन आग्रह गरेका छन् ।
- उनले ‘समस्या भएकोले सरकारले तिब्रताका रूपमा जानुपर्छ ।’ भन्दै स्थानीय सरकारलाई राहत वितरणमा परिचालन गर्नुपर्ने बताएका छन् ।
१६ भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भुवनबहादुर सुनारले बाढी प्रभावित नागरिलाई राहत वितरण गर्न सरकारले अपनाएको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले राहत वितरण प्रक्रियामा संघीय सरकार र प्रदेश तथा स्थानीय जनप्रतिनिधिबीच समन्वयको अभाव देखिएको बताए ।
स्थानीय तहसँग सहकार्य र समन्वय गरेर तत्काल प्रभावित क्षेत्रका नागरिकसम्म राहत पुर्याउन सरकारलाई आग्रह समेत गरे ।
‘सरकारले स्थानीय जनप्रतिनिधिसँग कोर्डिनेसन गर्ने कुरामा कमजोरी भयो कि भन्ने लागेको छ । प्रभावित क्षेत्रको पालिकासँग, वडासँग, वडा अध्यक्षसँग, जनप्रतिनिधिसँग जोडिएर जानुपर्छ । त्यसो भयो भने छिटो पुगिन्छ । अलि ढिलासुस्ती भयो जस्तो लागेको छ,’ उनले भने।
उनले बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारलाई राहत वितरणमा परिचालन गर्नुपर्नेमा जोड दिए । बाढी प्रभावित क्षेत्रमा काकाकुल हुने स्थिति सिर्जना हुन नदिन पहुँच नपुगेको वर्ग र समूदायसम्म सरकार पुग्नुपर्ने उनले बताए ।
‘समस्या भएकोले सरकारले तिब्रताका रूपमा जानुपर्छ । अहिले पनि नागरिकले राहत नपाएको कुरा सुनिएको छ । यसमा सरकारले तदारुकताका साथ लाग्नुपर्छ । रहत वितरणमा स्थानीय तह नै परिचालन गर्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया 4