News Summary
Generated by OK AI. Editorially reviewed.- सडक भास्सिएको तीन दिनपछि पनि पृथ्वी राजमार्गको कृष्णभीरमा सडक कसरी खोल्ने भन्नेबारे टुङ्गो लागेको छैन।
- सडक विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार पत्रकार सम्मेलनमा यसबारे गहन छलफल भए पनि निष्कर्षमा नपुगिएको बताए।
- पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालतर्फको सडक सम्पर्क टुटेको छ र अहिले हेटौंडा जोड्ने राजमार्गबाट वैकल्पिक व्यवस्था गरिएको छ।
१६ भदौ, काठमाडौं । सडक भास्सिएको तीन दिन बितिसक्दा समेत पृथ्वी राजमार्गको कृष्णभिरमा सडक कसरी खुलाउने भन्नेबारे अझै अन्योलमा रहेको छ ।
सडक विभागले मंगलबार पत्रकार सम्मेलन गरी यस राजमार्गबारे अझै टुङ्गो नलागेको स्पष्ट पारेको हो । विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार, यो राजमार्ग कसरी खुलाउने भन्नेमा आज पनि गहन छलफल भयो । तर, अझै निष्कर्षमा पुगिएको छैन ।
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा पश्चिम नेपालतर्फको सडक सम्पर्क टुटेको छ । यसलाई अहिले हेटौंडा जोड्ने राजमार्गबाट वैकल्पिक व्यवस्था गरिएको छ ।
उनका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा जियो टेक्निकल टीमसँगको परामर्शपछि मात्र के गर्ने भन्ने निष्कर्षमा पुगिनेछ । त्यसपछि मात्र त्रिशूली पारी नयाँ ट्र्याक खोल्ने वा के गर्ने भन्ने निर्णय हुने उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4