+
+
Shares

पाँचखालका मेयरले गरे बाढीपीडितलाई व्यक्तिगत २० लाख सहयोग

पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले बाढीपहिरो प्रभावित परिवारको राहतका लागि व्यक्तिगत रूपमा २० लाख रुपैयाँ सहयोग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते २१:२३

१८ भदौ, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले बाढीपहिरो प्रभावित परिवारको राहतका लागि व्यक्तिगत रूपमा २० लाख रुपैयाँ सहयोग गरेका छन् ।

खरेलले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रकम सहयोग गरेको जानकारी दिए ।

‘निर्वाचनका बेला आफ्नो १० वर्षको सम्पूर्ण तलब जनताको सेवामा समर्पित गर्ने वाचा गरेको थिएँ,’ उनले भने, ‘सोही प्रतिबद्धताअनुसार बाढीपहिरोबाट प्रभावित परिवारको राहतका लागि २० लाख रुपैयाँ सहयोग गरेको हुँ ।’

नगर प्रमुख खरेलले आफ्नो बाँकी तलबसमेत जनसेवामै लगाउने बताएका छन् । उनले जनताबाट पाएको जिम्मेवारीको सानो अंश जनताकै दु:खमा फर्काउने प्रयासस्वरूप सहयोग गरेको उल्लेख गरेका छन् ।

पाँचखाल नगरपालिकाले यसअघि नै भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग गर्ने निर्णय गरिसकेको छ ।

नगरपालिकाका अनुसार जनप्रतिनिधिहरूको १ हप्ताको तलब बराबरको रकमसमेत राहतकोषमा दिने निर्णय गरेको छ ।

त्यस्तै बाढीमा परेर ज्यान गुमाउने तथा बेपत्ता पाँचखाल नगरका नागरिकहरूको परिवारलाई जनही एक लाख रुपैया राहतस्वरूप दिने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?