+
+
Shares

१० दिनपछि सुरुङबाट उद्धार गरिएका दोस्रो व्यक्ति को हुन् ?

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै आज उद्धार भएको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशीमा १० भदौको बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई १० दिनपछि जीवितै उद्धार गरियो।
  • आयोजना प्रमुख आवास ओझाले कविर महर्जन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाका सुपरभाइजर भएको जानकारी दिए।
  • शुक्रबार बिहान उद्धार भएका सञ्जय साह नेपाल विद्युत् प्राधिकरणका चौथो तहका कर्मचारी हुन्।

१९ भदौ, काठमाडौं । रसुवा बाढीमा परेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै आज उद्धार भएको हो।

कविर महर्जन त्रिशूली ३ ए जलविद्युत् आयोजनाका सुपरभाइजर भएको आयोजना प्रमुख आवास ओझाले जानकारी दिए ।

शुक्रबार बिहान उद्धार भएका सञ्जय साह नेपाल विद्युत प्राधिकरणका चौथो तहका कर्मचारी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?