News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशीमा १० भदौको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको आज बिहान जीवितै उद्धार गरिएको छ।
- सुरुङभित्र अझै मानिसहरू फसेको आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोज तथा उद्धार कार्य तीव्र पारेको छ।
१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये दुई जनाको जीवितै उद्धार भइसकेको छ ।
विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको आज बिहान सुरुङबाट जीवितै उद्धार गरिएको थियो ।
त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र अझै मानिसहरू फसेको आशंकामा उद्धार कार्यलाई तीव्र पारिएको छ । जहाँ नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली खोज तथा उद्धारमा सक्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4