+
+
Shares

सुरुङबाट १० दिनपछि निकालिएका साहको स्वास्थ्य अवस्था सामान्य

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १०:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।
  • उद्धार गरिएका कवीर महर्जनलाई उपचारका लागि हेलिकप्टरमार्फत छाउनी अस्पताल ल्याइँदै छ ।
  • रसुवा बाढीको १० दिनपछि नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले कवीर महर्जन र सञ्जय साहको जीवितै उद्धार गरेको थियो ।

१९ भदौ, काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।

उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ ।

उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ ।

रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले कविर महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?