+
+
Shares

रसुवा बाढी : कुन सुरुङमा कस्तो छ उद्धार प्रगति ?

नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार नेपाली सेनाले अहिलेसम्म ३ हजार २ सय बढी नेपालीको उद्धार गरिसकेको छ। यो संख्या सुरूङभित्र र बाहिरबाट उद्धार भएकाहरूको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १३:३९

१९ भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भयो। अझै पनि खोज तथा उद्धारको प्रयास जारी छ।

बाढीका कारण रसुवामा रहेका विभिन्न जलविद्युत आयोजनामा कार्यरतहरू पनि फसेका थिए। केहीको शव भेटिएको छ भने केहीको अझै अवस्था अज्ञात नै छ। जलविद्युत आयोजनाको सुरुङभित्र धेरै व्यक्ति फसेको सूचनापछि नेपालीसेनासहितको प्राविधिक टोलीले त्यसमा केन्द्रित खोजी जारी राखेको छ।

नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार नेपाली सेनाले अहिलेसम्म ३ हजार २ सय बढी नेपालीको उद्धार गरिसकेको छ। यो संख्या सुरूङभित्र र बाहिरबाट उद्धार भएकाहरूको हो।

उनका अनुसार सेनाले २७० जना बढी विदेशी नागरिकको उद्धार गरिसकेको छ।

‘हाम्रो मुख्य प्राथमिकथा भनेकै जीवित उद्धार हो। यस क्षेत्रमा रहेका सातै वटा टनेलमा खोजी र उद्धार जारी राखेका छौं,’ उनले भने।

रेश्मीका अनुसार कुन आयोजनामा के छ प्रगति?

  • त्रिशूली ३ एको सुरुङको १७० मिटरभित्रसम्म उद्धारकर्ताहरू प्रवेश गरिसकेका छन्। उनीहरूले २ जनालाई जीवितै उद्धार गरेका छन्। यहाँ पनि खोजी र उद्धारको प्रयास जारी छ।
  •  त्रिशूली ३ बीको सुरुङको ३० मिटरभित्रसम्म सेनाको टोली प्रवेश गरिसकेको छ। अहिले त्यहाँ माटो र लेदो फाल्ने काम जारी छ।
  • चिलिमे जलविद्युत आयोजनाको सुरुङको १५० मिटरभित्रसम्म सेनाको टोली प्रवेश गरी खोजी र उद्धारको प्रयास गरिरहेको छ।
  • लाङटाङ हाइड्रोको सुरुङको विभिन्न ठाउँबाट प्वाल पारेर ८ फिट लम्बाइ ३ फिट चौडाइ खोलिएको छ। उद्धारको प्रयास जारी छ।
  • अपर त्रिशूली १ को सुरुङको २ सय मिटरभित्रसम्म सेनाको उद्धार टोली प्रवेश गरेको छ।
  • रसुवागढी जलविद्युत आयोजनाको सुरुङको २७५ मिटरभित्रसम्म सेना प्रवेश गरेको छ।
  • मैलुङ खोला जलविद्युत आयोजनामा पनि खोजी जारी।

त्यस्तै नेपाली सेनाले इन्द्रेणी घाटमा तुइन निर्माण गरिसकेको छ। महासेनानी रेश्मीका अनुसार देवीघाटमा तुइन र बेलिब्रिज बनाउने काम सुरु भइसकेको छ।

सेनाले हवाइ उद्धारबाहेक स्थलगत पनि १९ ठाउँमा उद्धारको काम गरिरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?