+
+
Shares

कौशी थिएटरमा ‘अ किलर भ्यू’ मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १०:५९

२२ भदौ, काठमाडौं । टेकुस्थित कौशी थिएटरमा नयाँ नाटक ‘अ किलर भ्यू’ मञ्चन हुने भएको छ । यो नाटक २ देखि २४ असोजसम्म मञ्चन हुने भएको हो ।

अहिले यो नाटकको पहिलो पोस्टर सार्वजनिक भइसकेको छ । पोस्टरमा केटा र केटीले झ्यालतिरको मान्छेलाई हेरिरहेका छन् । अत्यधिक रातो रङको प्रयोग गरिएको पोस्टरले नाटकको विधाको झल्को दिएको छ । यो नाटक मर्डर मिस्ट्रीमा आधारित हुन सक्ने छ ।

नाटकका लेखक/निर्देशक सतिश प्रसाईंले पनि मर्डर र मिस्ट्री लेख्दै सामाजिक सञ्जालमा पोस्टर शेयर गरेका छन् । नाटकको कास्ट र थप विषयबारे भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?