+
+
Shares

विपद् प्रभावित क्षेत्रमा नेपाल स्काउटका स्वयंसेवक सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल स्काउटका स्वयंसेवक खोज तथा उद्धार, राहत वितरण र बालबालिकाको मनोसामाजिक सहयोगमा खटिएका छन्।
  • स्काउट स्वयंसेवकले राहत सामग्री प्याकिङ, सामुदायिक भान्सा सञ्चालन र होल्डिङ सेन्टर व्यवस्थापनमा सहयोग गरिरहेका छन्।
  • नेपाल स्काउटले सरकारी निकाय, सुरक्षाकर्मी, स्थानीय तह र सहयोगी संस्थासँग समन्वय गरी स्वयंसेवक परिचालन गरिरहेको छ।

२२ भदौ, काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाल स्काउटका स्वयंसेवक खोज तथा उद्धारदेखि राहत वितरण र बालबालिकाको मनोसामाजिक सहयोगसम्मका काममा सक्रिय भएका छन्।

तालिमप्राप्त स्काउट स्वयंसेवकलाई आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। उनीहरूले राहत सामग्री प्याकिङ तथा व्यवस्थापन, सामुदायिक भान्सा सञ्चालन, होल्डिङ सेन्टर व्यवस्थापन र प्रभावित परिवारलाई आवश्यक सहयोग गर्दै आएका छन्।

वर्ल्ड सेन्ट्रल किचेनसँगको सहकार्यमा विभिन्न स्थानमा सञ्चालन गरिएका सामुदायिक भान्सामार्फत प्रभावित परिवार तथा उद्धारमा खटिएका जनशक्तिलाई खाना उपलब्ध गराइएको छ। काठमाडौंका होल्डिङ सेन्टरमा पनि स्काउट स्वयंसेवकले खानपान, बसोबास तथा आवश्यक सहजीकरणमा सहयोग गरिरहेका छन्।

त्यसैगरी, प्रभावित बालबालिकाका लागि खेल, सिर्जनात्मक गतिविधि तथा मनोसामाजिक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन्। विपद्का कारण उत्पन्न डर, तनाव र असुरक्षाको भावना कम गर्न यस्ता गतिविधि गरिएको नेपाल स्काउटले जनाएको छ।

नेपाल स्काउटले सरकारी निकाय, सुरक्षाकर्मी, स्थानीय तह तथा विभिन्न सहयोगी संस्थासँग समन्वय गरी स्वयंसेवक परिचालन गरिरहेको छ। अन्तरिम राष्ट्रिय कार्यसमितिले पनि विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै जनशक्ति तथा स्रोत परिचालन गरिरहेको जनाएको छ।

भोटेकोशी विपद्पछि राहत तथा उद्धारमा देखिएको सक्रियताले संकटका बेला नेपाल स्काउटको स्वयंसेवी संरचना प्रभावकारी रूपमा परिचालन गर्न सकिने देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?