+
+
Shares

चिलिमे सुरुङभित्रको उद्धार कार्य तीन दिनभित्र सम्पन्न हुने विश्वास छ : सांसद न्यौपाने

आयोजनास्थलमा रहेका न्यौपानेले एक्साभेटरका आउन पुर्‍याउन ढिलाइ भएका कारण उद्धार कार्यले तीव्रता प्राप्त गर्न नसकेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते १७:४२

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसिरहेकाहरूको उद्धार तीन दिनभित्र सम्पन्न हुने विश्वास गरेका छन् ।

आयोजनास्थलमा रहेका न्यौपानेले एक्साभेटरका आउन पुर्‍याउन ढिलाइ भएका कारण उद्धार कार्यले तीव्रता प्राप्त गर्न नसकेको बताएका छन् ।

‘आज साँझ वा भोलिसम्म अस्थायी सडक निर्माण गरी एक्साभेटर सुरुङभित्र पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘त्यसपछि उद्धार कार्यले तीव्रता पाउने र बढीमा ३ दिनभित्र उद्धार कार्य सम्पन्न हुने विश्वास गरिएको छ ।’

चिलिमे जलविद्युत् आयोजनाभित्र रहेकाहरुको अवस्था बारे हालसम्म जानकारी नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?