+
+
Shares

नागरिकलाई महँगी र अभावको मारबाट जोगाउन सरकारसँग माग

रास्वपाकी सांसद लिमा अधिकारी आचार्यले नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन सरकारसँग माग गरेकी छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १४:२५

२५ भदौ, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले नागरिकलाई अभाव र महँगीको मारबाट जोगाउन सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको जारी बैठकको आकस्मिक समयमा बोल्दै उनले नागरिकलाई अभाव र महंगीको मारबाट जोगाउन सरकारसँग माग गरेकी हुन् ।

‘सरकारसँग माग गर्छु– सम्बन्धित मन्त्रालयबीच तत्काल समन्वय गरियोस् । राजमार्ग र नाकाहरू युद्धस्तरमा खुलाइयोस् । आपूर्ति सहज बनाइयोस्,’ अधिकारीले भनिन्, ‘जनता विपत्तिमा छन् सरकार । नागरिकलाई अभाव र महँगीको मारबाट जोगाइयोस् ।’

सरकारले बेलैमा ध्यान नदिए इन्धन, खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको अभाव हुने उनको भनाइ छ ।

‘तातोपानी र रसुवागढी नाका बन्छ । बीपी राजमार्ग छिन्नभिन्न छ । पृथ्वी राजमार्गको कृष्णभीर अवरुद्ध छ । यसले चाडबाड मै उपभोग्य वस्तुको भाउ आकासिने निश्चित छ,’ सांसद अधिकारीले भनिन् ।

सरकारले बेलैमा ध्यान नदिए इन्धन, खाद्यान्न जस्ता अत्यावश्यक वस्तुको अभाव हुने उनले बताइन् । उनले भनिन्, ‘कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको मारमा गरिब नागरिक नै पर्ने छन् ।’

वैकल्पिक नाका कोरलातर्फको भौगोलिक दूरी जीर्ण सडकका कारण ढुवानी पाँच गुणभन्दा बढी महंगो रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?