News Summary
Generated by OK AI. Editorially reviewed.- केएफसी नेपालको फ्रान्चाइजी देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ।
- कम्पनीका केएफसीका ३१ वटै स्टोरले प्रतिस्टोर १ लाख रुपैयाँका दरले रकम संकलन गरी राहत तथा पुनर्स्थापनाका लागि दिएको जनाएको छ।
- उक्त सहयोग रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित परिवारको उद्धार, राहत र पुनर्स्थापनामा उपयोग गरिने कम्पनीले जनाएको छ।
२५ भदौ, काठमाडौं । केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक देवयानी इन्टरनेसनल नेपाल प्रालिले भोटेकोशी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको छ।
केएफसी नेपालका ३१ वटै स्टोरले प्रतिस्टोर १ लाख रुपैयाँका दरले योगदान गरी कुल ३१ लाख रुपैयाँ सहयोग गरेका हुन्।
उक्त रकम रसुवा र नुवाकोटमा बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उपयोग गरिने कम्पनीले जनाएको छ। बाढीबाट ती जिल्लामा मानवीय क्षति हुनुका साथै घर, सडक, पुल तथा अन्य स्थानीय पूर्वाधारमा समेत क्षति पुगेको छ।
देवयानी इन्टरनेसनल नेपालले विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रममार्फत नेपाली समुदायलाई सहयोग गर्दै आएको जनाएको छ।
आवश्यकताको समयमा समुदायसँग सधैं ऐक्यबद्ध रहने प्रतिबद्धतासहित कम्पनीले विपद्बाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
देवयानी इन्टरनेसनल नेपाल प्रालि केएफसी नेपालको फ्रान्चाइजी तथा सञ्चालक कम्पनी हो। कम्पनीले नेपालमा आफ्नो व्यवसाय विस्तार गर्दै आएको जनाएको छ।
प्रतिक्रिया 4