+
+
Shares

फुड इम्पायर सिंगापुरद्वारा चेम्बरमार्फत बाढीपीडितलाई २० हजार अमेरिकी डलरको राहत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १७:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग नेपाल चेम्बर अफ कमर्समार्फत उपलब्ध गराएको छ।
  • चेम्बरका कार्यसमिति सदस्य रजुल श्रेष्ठका अनुसार सहयोगलाई खाद्यान्न, लत्ताकपडा र सेनेटरी प्याडजस्ता अत्यावश्यक सामग्रीका रूपमा वितरण गरिएको छ।
  • पहिलो चरणमा करिब ३ लाख बराबरको सामग्री वितरण भइसकेको र थप २७ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाइने श्रेष्ठले उल्लेख गरे।

३० भदौ, काठमाडौं । विश्व प्रतिष्ठित म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ ।

फुड इम्पायरले उक्त सहयोग नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पुर्‍याउने उद्देश्यले प्रदान गरेको हो । हालैको बाढीबाट प्रभावित रसुवालगायत क्षेत्रमा चेम्बरमार्फत आवश्यक राहत सामग्री उपलब्ध गराउने उद्देश्यले फुड इम्पायर होल्डिङ्सले सहयोग गरेको हो ।

चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजुल श्रेष्ठले फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले आर्कस ग्रुपसँग समन्वय गरी नेपाल चेम्बर मार्फत सहयोग गरेको जानकारी दिए । श्रेष्ठका अनुसार फुड इम्पायर होल्डिङ्सबाट प्राप्त सहयोगलाई प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीका रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

‘फुड इम्पायर होल्डिङ्सको चाहनाअनुसार बाढीबाट प्रभावित नागरिकलाई आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर पहिलो चरणमा माथिल्लो त्रिशुली क्षेत्रमा खाद्यन्न र लत्ताकपडा, सेनेटरी प्याड लगायतका राहत वितरण गरिएको छ’ उनले भने ।

प्राप्त सहयोगबाट पहिलो चरणमा करिब ३ लाख बराबर सामाग्री वितरण गरिएको छ । बाढी प्रभावित मागको आधारमा अझै २७ लाख रुपैयाँ बराबरको अत्यावश्यक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइने श्रेष्ठले उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?