+
+
Shares

काभ्रेमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बूढानीलकण्ठ नगरपालिका–२ तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ।
  • प्रहरीले पक्राउ परेकाहरूसँग नगद १ लाख ८ हजार ४ सय रूपैयाँ र ओखर १४ थान बरामद गरेको छ।
  • पक्राउ पर्नेमा बनेपा बस्ने महाभारत गाउँपालिका–३ घर भएका ३१ वर्षीय राम बहादुर मोक्तान समेत रहेका छन्।

२ असोज, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–२ तारेभिरस्थित जंगलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काभ्रेमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बनेपा बस्ने महाभारत गाउँपालिका–३ घर भएका ३१ वर्षीय राम बहादुर मोक्तान समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ४ सय रूपैयाँ र ओखर १४ थान सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?