+
+
Shares

भरत दाहाललाई पक्राउ गरेर सरकारले अधिनायकवादी शैली देखायो : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहालको गिरफ्तारीप्रति सरकारमाथि टिप्पणी गर्दै प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा पक्राउ गरिएको आरोप लगाए।
  • बस्नेतले ‘ग्रे जोन’ मिडियामा प्रधानमन्त्रीसहित नाम जोडिएको समाचारको खण्डन गर्न सरकारलाई चुनौती दिए।
  • उनले ‘ग्रे जोन’ रिपोर्टले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा कसको कस्तो भूमिका थियो भन्ने स्पष्ट पारेको दाबी गर्दै रवि लामिछाने र बालेन शाहले जवाफ दिनुपर्ने बताए।

४ असोज, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले विश्लेषक भरत दाहाललाई पक्राउ गरेकोप्रति सरकारमाथि टिप्पणी गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले प्रधानमन्त्री बालेन शाहको सचिवालयको निर्देशनमा दाहाललाई गरिएको आरोप लगाउँदै आपत्ति जनाएका हुन्।

उनले ‘ग्रे जोन’ मिडियामा प्रधानमन्त्रीसहितको नाम जोडर सार्वजनिक समाचारको विषयमा टिप्पणी गरेकै भरमा गिरफ्तारी गरिएको भन्दै उक्त समाचारको खण्डन गर्न चुनौती पनि दिएका छन्।

‘भरत दाहालको गिरफ्तारीको कुरा छ, प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा उहाँ चिया खाइरहेको बेला पक्राउ गरियो। किन गरियो भन्दा- उहाँले ‘ग्रे जोन’का बारेमा अलि बढी व्याख्या गर्नुभयो भनेर। यो त गाउँघरतिर चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा उचाल्छ भनेजस्तै बालेनजीहरूले खुट्टा उचालिरहेका छन्,’ बस्नेतले भने,’रिपोर्ट गलत हो भने उहाँहरूले गलत हो भनेर पुष्टि गर्नुपर्‍यो, सफाइ र स्पष्टीकरण दिनुपर्‍यो। भित्रभित्रै बिरालोले दूध चोरेजस्तै गर्ने, अनि भरत दाहाललगायत ‘ग्रे जोन’ रिपोर्टबारे प्रश्न उठाउनेहरूलाई गिरफ्तार गर्ने? यसले उहाँहरूको अधिनायकवादी, निरंकुश र प्रतिशोधपूर्ण शैली देखाउँछ।’

उनले ग्रे जोनमा प्रकाशित रिपोर्टले गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा कसले कस्तो भूमिका खेले भन्ने स्पष्ट पारेको पनि दाबी गरे। यसबारे रवि लामिछाने, बालेन शाहलगायतले जवाफ दिनुपर्ने बस्नेतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?